सङ्गीतकार बास्कोटालाई दीर्घसाधना सम्मान

सङ्गीत । दोस्रो संस्करणको एएमएस इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रम जापानमा सम्पन्न भएको छ । कार्यक्रममा कलाकार शिव श्रेष्ठ, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, संगीत रत्न शम्भुुजित बाँस्कोटा, चेतन सापकोटा, अञ्जु पन्त, कमल खत्री, गजित विष्ट, पत्रकार ऋषि धमला र नरेश भट्टराई सहभागी थिए ।

समारोहमा संगीतरत्न बास्कोटालाई दीर्घसाधना सम्मान अर्पण गरिएको थियो । उहाँलाई नगद ७१ हजार १०१ रुपैयाँसहित सो सम्मान अर्पण गरिएको हो । विभिन्न २६ विधामा अवार्ड प्रदान गरिएको कार्यक्रममा भुवन केसी, शिव श्रेष्ठ, चेतन सापकोटा, ऋषि धमलालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विभिन्न कलाकारले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । ‘पर्यटन, कला र संस्कृतिको प्रबद्र्धन गर्ने अभियान समृद्ध नेपाल निर्माणमा हाम्रो योगदान’ भन्ने मूल नाराका साथ बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो ।

समारोहमा भर्सटाइल गायिका अवार्ड अञ्जु पन्त, वेष्ट पप सिंगर कमल खत्री, वेष्ट कोरियोग्राफर गजित विष्ट, स्मिता दाहाललगायतलाई अवार्ड प्रदान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्