
फिल्म । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको फिल्मको निर्माण पक्षले सपुतसँग केही दिन अघि कागजी सम्झौता गरेको हो ।
सेभेन सिज सिनेमाज्को प्रस्तुतिमा बन्न लागेको यस फिल्मको लेखन तथा निर्देशन सरोज पौडेल हुन् । निर्माण पक्षले यस अघि फिल्मको नाम र थिम भिडियो सार्वजनिक गरेको थियो । मौलिक कथा र कलात्मक प्रस्तुति रहने भनिएको फिल्म विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गर्दैछन् ।
प्रशान्त सिवाकोटीको संगीत रहने फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहनेछ । फिल्ममा रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् ।
कमेन्ट गर्नुहोस्