मरिश्कालाई कमाण्डो अभिनेताको बधाई

36 Shares

संगीत । यतिबेला बलिउड फिल्म ‘कमाण्डो ३’ प्रदर्शनरत छ । फिल्मको यो तेस्रो सिरिज हो । फिल्मका अभिनेता हुन् म बिद्युत जाम्वाल । फिल्ममा उनको एक्सनको चर्चा निकै हुने गर्छ । विशेष गरि साउथ इण्डियन फिल्ममा भिलेनको रुपमा रुचाइएका उनि बलिउडको यो सिरिजमा हिरो देखिदै आएका छन् । यिनै बिद्युतले नेपाली अभिनेत्री मरिश्का पोखरेललाई बधाई दिएका छन् ।

 

View this post on Instagram

 

A post shared by Mariska🧜🏼‍♀️ (@mariskapokharel) on

उनले भिडियो मार्फत आफुले ‘सालको पात’ हेरेको र गीत आफुलाई राम्रो लागेको बताएका छन् । उनले गीत र यसमा अभिनय गर्ने राम्रो रहेको र मरिश्काले अत्यन्तै राम्रो गरेको भन्दै प्रसंसा गरेका छन् । बिद्युत र श्रुति हसनको फिल्म ‘यारा’ मा मरिश्काले केमियो गरेकी थिइन् । यसै फिल्मबाट यी दुइको चिनजान भएको हो । ‘सालको पात’ गीतको कुरा गर्ने हो भने यसलाई ५ करोड भन्दा बढी पटक युट्युबमा हेरिएको छ । गीतलाई कुलेन्द्र विक र विष्णु माझीले गाएका हुन् ।

कमेन्ट गर्नुहोस्