नयाँ वर्षमा ‘डिग्री माइला’ को आक्रामक व्यापार

फिल्म । ‘डिग्री माइला’ फिल्मले नयाँ वर्षको दिन अर्थात् वैशाख १ गते देशैभर आक्रामक व्यापार गरेको छ । शुक्रबार मध्यम व्यापार गरेको फिल्मले शनिबार भने बिहानैदेखि बेलुकीसम्मको शो ‘हाउसफुल’ भयो । दर्शकको यो क्रेजको प्रत्यक्ष अनुभव र प्रतिक्रिया लिन ‘डिग्री माइला’ टिम हलहलमा पुगिरहेको थियो । उनीहरु हलहलमा पुग्दा दर्शकहरुले हुटिङ गरेर हौसला प्रदान गरिरहेका छन् ।

गत वर्ष वैशाख १ गते रिलिज भएको दयाको ‘जारी’ले यस्तै साथ दर्शकबाट पाएको थियो । अभिनेता दयाहाङ राईले दर्शकसँग केक काटेर जन्मदिनसमेत सेलिब्रेसन गरेका थिए । डिग्री माइलामार्फत दिन खोजेको सन्देश ग्रहण गरेको प्रतिक्रिया हल भिजिटको क्रममा दर्शकबाट मिलेको पाउँदा आफुहरु त्यसमा सफल भएको आभाष गरेको अभिनेता राईले सुनाए ।

कार्यकारी निर्माता मणिराम पोखरेलले दर्शकबाट यो लेवलको साथ पाउँदा खुही मिल्ने बताए । बाँसुरी फिल्मस्ले हरेक पटक दर्शकको चाहाना अनुसार नै फिल्म निर्माण गरिरहेकाले उनीहरुले हामीलाई विश्वास गरेका बताउँछन् ।

रामबाबु गुरुङ निर्देशित फिल्मले आफ्नो मास्टर डिग्रीको शैक्षिक योग्यताको अहमताले भरिएको ‘डिग्री माइला’ पात्रा र समाजले ऊसँग राखेको अपेक्षा तथा परिस्थितिजन्य तनावको कथा पेस गर्छ। दया र रामबाबुको जोडीले आफूलाई प्रमाणित गरेको वितरक तथा हलवालाको भनाइ छ । फिल्ममा दयासँगै आँचल शर्मा, प्रकाश घिमिरे, बुद्धि तामाङ, विजय बराल लगायतको अभिनय रहेको छ।

कमेन्ट गर्नुहोस्