‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक

फिल्म । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भईसकेको नेपाली फिल्म ‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक गरिएको छ । विदेशबाट आएको शवको कफिन ‘पिकअप भ्यान’मा लिएर गन्तव्यसम्म पुर्‍याउने कथा देखाईएको फिल्ममा सौगात मल्ल, विपिन कार्की, सृष्टी श्रेष्ठ, प्रविन खतिवडा जस्ता कलाकारले अभिनय गरेका छन् ।

फिडेल देवकोटाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा सुशन प्रजापतिको छायांकन र समन अलभितिगाको सम्पादन छ । जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल र भारतको मुम्बई फिल्म फेस्टिभलमा छनोट भएको यो फिल्मले विश्वविख्यात भेनिस फिल्म फेस्टिभलमा र जाफ्ना फिल्म फेस्टिभलमा अवार्ड समेत जितिसकेको छ ।

कमेन्ट गर्नुहोस्