फिल्म । शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को ट्रेलर रिलिज गरिएको छ । कमेडी फ्लेवरमा तयार पारिएको ट्रेलरमा सम्पूण कलाकारलाई स्थान दिइएको छ । ट्रेलर रिलिज कार्यक्रममा निर्देशक बस्नेतले ‘बद्री बहादुर’ दर्शकले मन पराउनेमा शतप्रतिशत ढुक्क रहेको बताए ।
सञ्चारकर्मी तथा विकास बोर्डका सदस्य समेत रहेका रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको हो । विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे सिनेमाको निर्मातामा छन् ।
फिल्ममा जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाई र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन् । एक गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री पूजा शर्मा समेत फिचर्ड छिन् ।
फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको सङ्गीत, रामकाजी घिमिरे लेखन, शंकर महर्जनको द्वन्द्व निर्देशन, रामजी राउत र ज्ञान कुमार कट्टेलको मुख्य सहायक निर्देशन तथा समिर मियाँ सम्पादन छ ।












