फिल्म । निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ प्रदर्शनको तेस्रो सातामा आइपुग्दा दर्शकको माया बढिरहेको छ । दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’ का कारण फिल्मको शोहरूमा स्वदेश मात्र नभई विदेशमा पन अकुपेन्सी उच्च छ ।
फिल्ममा मानव तस्करी विरुद्ध गरिएको सङ्घर्षको कथालाई प्रस्तुत गरिएको छ । निर्देशक चौधरीले सामाजिक चेतना बढाउन फिल्मको मध्यमले आवाज बलियो बनाएको बताए ।
उनले भने,’हाम्रो फिल्मको विषयवस्तु महिलालाई जागरुक गर्न भएकाले त्यसलाई मध्यनजर गर्दै अफर ल्याएका छौँ । मार्च १८ गते सोमबार फिल्म हेर्ने महिलाले टिकट मूल्यमा २५% छुट प्राप्त गर्नुहुने छ ।’
विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।
डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।











