सचिनले ल्याए ‘औधी माया’

सङ्गीत । ‘औधी माया’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायनमा झन्डै अढाई दशक बिताइसकेका गायक सचिन रौनियारले युगल गायनमा नयाँ गीत ‘औधी माया’ ल्याएका हुन् । यसअघि सचिनले पहिलो एल्बम ‘सर्च’सहित बाह्र एल्बम सार्वजनिक गरिसकेका छन् । स्पर्श, नशा, सारेगामा लगायतका एल्बम उनका चर्चित एल्बममा पर्छन् । ‘छ भनौँ कि छैन भनौँ’, ‘यो वनमा छैन क्यारे न्याउली कराउँदिन ए कान्छी’, ‘ए माया कहाँ छौ कहाँ’, ‘झन् झन् बढ्यो याद तिम्रो’, ‘ए मान्छे’ लगायतका उनको गीतले पछिल्लो पुस्तासम्म उनलाई पुर्‍याएको छ । लोक फ्युजन शैलीको यो गीतमा उदय सोताङको शब्द तथा संगीत छ । सलिन मगर संगीत निर्माता रहेको गीतको दिनेश न्यौपानेले मिश्रण र मास्टरिङ गरेका छन् । निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोबाट भिडियोमा सचिनसँगै गरिमा शर्मा, राजाराम पौडेल र तुलिका मिस्की फिचर्ड छन् । सार्वजनिक भिडियोलाई हरि हुमागाईँले खिचेका हुन् भने विकाश धमलाले कलरिङ तथा सम्पादन गरेका छन् ।
कमेन्ट गर्नुहोस्