हतारमा मिरुना !

गसिप । मिरुना मगर अहिले खोजिने अभिनेत्री मध्येकी एक हुन् । ‘कबड्डी : फाईनल म्याच’ र ‘जारी’ को सफलतापछि उनलाई कास्ट गर्ने निर्देशक तथा निर्माताको कमि छैन । अभिनेता दयाहाङ राईसँग उनको जोडी बाध्ने निर्देशक अझै पर्खाइमा छन् । अर्थात् अहिलेकी व्यस्त अभिनेत्री हुन् मिरुना । कुनै समय फिल्ममा सफलता खोजिरहेकी मिरुनालाई अहिले त्यहिँ सफलता जोगाउनु पर्ने चुनौती छ । किनकि एकपछि अर्को लगातार फिल्मले उनी ‘हतार’ मा रहेको सङ्केत गरेको छ ।

उनले ‘जारी’ पश्चात साइन गरेको फिल्मको लिस्ट लामै छ । तर, यहिँ लामो लिस्टमा अटाएका फिल्मले उनको आउँदो करिअरलाई गन्तव्य दिनेछ । यद्यपि उनी सफलता साटने हतारोमा छिन् । लगातार फिल्म गरिरहेकी मिरुनाको ‘रङ्गेली’ सँगै रिलिज क्यालेन्डर सुरू हुँदैछ । ‘मनसरा’ सम्म पुग्दा उनले पक्कै गन्तव्य पाउनेछिन् । त्यसो त नेपाली फिल्ममा सफलताको श्रेय र असफलताको घाटा अभिनेत्रीलाई कमै पर्ने गर्छ । यद्यपि उनि दर्शक, मेकर र वितरकको रोजाईमा परेको जोडीका रुपमा दयासँग देखिदैछिन् । त्यसैले पनि उनलाई फाईदा वा घाटा, केही त पक्कै हुन्छ ।

कमेन्ट गर्नुहोस्