‘पिरतीको मुस्कान’मा मिरुनासँग रोमान्टिक बने करण

सङ्गीत । अभिनेत्री मिरुना मगर र ‘द भ्वाईस अफ नेपाल सिजन ४’ विजेता करण राई फिचर्ड ‘पिरतीको मुस्कान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लेखक तथा गीतकार लीला सेलिङ् माबोको शब्दमा रहेको गीतमा देवेश राईको संगीत, एरेञ्ज तथा मिक्सिङ रहेको छ भने करणको स्वर रहेको छ ।

करणले साङ्गीतिक यात्राको बारेमा बोल्दै भने ‘कलाकारीता क्षेत्रमा छु, जे छु जस्तो छु, यसलाई नै निरन्तरता दिन्छु भन्ने पुर्ण विश्वास छ । भलै थोरै पैसा कमाउ तर यहि क्षेत्रमा केही गर्छु, र यहि क्षेत्रकै लागी म जन्मिएको छु ।’

कवि तथा निर्देशक उपेन्द्र सुब्बाले करण र गीतको टिमलाई शुभकामना दिएका थिए । भिडियो निर्देशक शान थापाले करणसँगको सहकार्य तेस्रो रहेको बताउदै अभिनयमा पनि निखार आएको बताए ।

आधा दर्जन गीत रेकर्ड गरिसकेकी लिलाले केही पुस्तकहरुपनि बजारमा ल्याईसकेकी छिन् । लाहुरेनी पिडा, ‘मेमोरिज अफ अ गोर्खा ड्युरिङ लकडाउन’, संगै सुब्बा सुभाङी र निशान बारे खोजमुलक लेखहरु लेखेकी छिन् । भिडियोलाई अर्जुन तिवारीले खिचेका छन्, भने रोशन विश्वकर्माले कोरियोग्राफी गरेका छन् ।

कमेन्ट गर्नुहोस्