अर्पणको ‘तीन जन्तु’ मा सौगात , रविन र श्रृष्टी

फिल्म । अभिनेतासंगै लेखक तथा निर्देशक समेत रहेका अर्पण थापा निर्देशनको तयारीमा जुटेका छन् । अर्पणले निर्देशन गर्न लागेको फिल्मको नाम ‘तीन जन्तु’ राखिएको छ । फिल्ममा नायक सौगात मल्ल, कलाकार रविन तामाङ र नायिका श्रृष्टी श्रेष्ठको मुख्य भूमिका रहनेछ । निर्देशक थापा पनि यसमा मुख्य भूमिकामा देखिदैछन् ।

फिल्मको छायांकन केहि दिनमा सुरु गरिने तयारीका साथ् यसको घोषणा गरिएको हो । छायांकनका लागि यसको टिम केही दिन मुस्ताङतर्फ लाग्ने वुझिएको छ । अर्पणले यसअघि ‘मुखौटा, आधा लभ, घर’ जस्ता फिल्मको निर्देशन गरिसकेका छन् । फिल्म आउँदो वर्ष रिलिज गर्ने तयारी भईरहेको छ ।

कमेन्ट गर्नुहोस्