‘ओस्कार टाढा छैन’

फिल्म । निफ अर्थात नेपाल इन्टरनेशनल फिल्म फेस्टिभलको तेस्रो संस्करण फागुन १ देखि सुरु भैसकेको छ । फागुन १ मा राष्ट्रिय सभा गृहमा आयोजित निफको उद्घाटन कार्यक्रममा पस्थित हलिउड निर्माता लरेन्स कासानोफ ओस्कार टाढा नरहेको बताए । कोरियन फिल्म ‘प्यारासाइट’ले ओस्कार जितेको उदाहरण दिँदै उनले यस्तो बताएका हुन् ।

‘नेपालसँग संस्कृति , प्रविधिसँगै प्रतिभा पनि छ र यी सब मिलाएर तपाईंले आफ्नो कथा भन्न सक्नुभयो भने ओस्कार टाढा छैन’ उनले भने ,’मलाई लाग्छ संसारलाई भन्नुपर्ने धेरै कथा छन् नेपालसँग त्यसैले अब पालो आएको छ ।’ उनले आफ्नो अनुभव सहितको वर्कसप पनि लिनेछन । कासनोफले हलिउडमा ट्रु लाइज, टर्मिनेटर २, जजमेन्ट डे, मोर्टल कम्ब्याट जस्ता फिल्म निर्माण गरेका छन् । निफको सुरुवात नै ‘द कम्पोजर’ भन्ने चाइनिज फिल्मबाट भएको छ । फेस्टिभलमा ४० देशका ८० फिल्म देखाइँदैछ । पाँच दिनसम्म फेस्टिभल चल्ने छ ।

कमेन्ट गर्नुहोस्