असार २९ मा ‘बद्री बहादुर’

फिल्म । शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को दुई पोस्टर सार्वजनिक गरिएको छ । आगामी साउने संक्रान्तिको अवसर पारेर असार २९ गते रिलिज हुने फिल्ममा सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेका छन् । जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, उत्तम केसी, लय संग्रौला र एलिना गुरुङलगायतका कलाकारको अभिनय रहेको फिल्ममा समीर मिया सह–निर्माता, सलोन बस्नेत र पूजा शर्माको विशेष भुमिकामा अभिनय छ ।

फिल्ममा रामकाजी घिमिरेको लेखन, विनोद सापकोटाको छायांकन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, शिव विकको नृत्य, शंकर महर्जनको द्वन्द्व र बन्दे प्रसादको सम्पादन छ ।

एबी पिक्चर्स फार्म र सलोन सलीना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म काठमाडौं, लमजुङ, धरान र संखुवासभामा छायांकन गरिएको छ । विजय गोपाली दली प्रस्तुतकर्ता रहेको फिल्ममा मिथुन भोटे निर्माता छन् । फिल्मको वितरण आरआर फिल्मस्ले गर्दैछ ।

कमेन्ट गर्नुहोस्