सामाजिक कथामा ‘हुक्का’

फिल्म । सोसल-हेल्थ ड्रामा ‘हुक्का : एन अब्जर्ड ड्रिम’को पत्रकार सम्मेलन गर्दै निर्माण पक्षले फिल्मको बारेमा जानकारी दिएक छ। ‘हुक्का’ को पौराणिक कथन र अहिलेको प्रयोगलाई फिल्ममा बिम्वको रूपमा प्रयोग गरिएको शम्भु थापाले जानकारी दिए । ‘यो सामाजिक कथा हो। फिल्मले समाजमा भएको विभिन्न अवस्थालाई चित्रण गरेको छ’, निर्देशक थापाले भने।

उनले समाजको यथार्थ चित्रण हुक्कामा पाईने बताए । यस्तै, कलाकार प्रकाश घिमिरेले पोखराको टिमले निर्माण गरेको भनेपछि यो फिल्ममा आफूले पारिश्रमिक नमागेको र जति दिन्छन् त्यति लिएको समेत उनले बताए । फिल्ममा आफूले समाजसेवी पात्रको भूमिका निर्वाह गरेको र सामाजिक कथाले दर्शकलाई आकर्षित गर्ने जानकारी दिए।

निर्देशक थापाले ठूलाले हुक्का तान्दा त्यसले बाल मस्तिकष्मा पारेको असरको कथा फिल्मले पेश गर्ने बताए । अभिनेता तेज गिरीले सुटिङको हिसाबले यो फिल्म आफ्ना लागि ‘प्रेमगञ्ज’भन्दा पहिलो रहेको बताए । पछिल्लो फिल्म प्रेमगञ्जको कामबाट प्रशंसा बटुलेका बैंकर समेत रहेका गिरीले हुक्कामा आफूले ग्रे सेडसहितको खलपात्रको भूमिका निर्वाह गरेको जनाए ।

डेब्यु अभिनेत्री तलिशा गुरुङले फिल्ममा आफ्नो छोटो तथा विशेष भूमिका रहेको बताइन् । शीर्ष पात्रको भूमिकामा अभिनय गरेकी प्रमिला खनाल यतिबेला शिशुलाई जन्म दिएपछि आराम गरिरहेकी छन् । यो फिल्ममा सन्तोषकुमार आत्रेय, अशु न्यौपाने, निश्चल विमल, एलिसा विकलगायत पनि अभिनय छ ।

कमेन्ट गर्नुहोस्