फिल्म। रेनाशा वान्तवा राईको निर्देशनमा तयार भएको दोस्रो फिल्म ‘ज्याकी: आईएम ट्वान्टी वान’को ट्रेलर आज सार्वजनिक गरिएको छ । नयाँ बर्षको अवसर पारेर सार्वजनिक गरिएको ट्रेलरमा बाबु र आफ्नो सपनाको दोधारमा अल्झिएको ज्याकीको कथामा देखाईएको छ। नेपालकै पहिलो डान्स ड्रामा फिल्म भनिएको ‘ज्याकी : आईएम ट्वान्टी वान’ मा धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु बजाज, सुजता राई, सुर्यमन लिम्बु, विकास जोशी, प्रदीप लामा, सुशान्त गौतम, नारायणदेवी प्रधान, रिजोन परियार, विकास जोशी लगायतका कलाकारको अभिनय छ ।
सुशान्त प्रजापतिको छायांकन रहेको फिल्ममा सोमनाथ खनाल र रेनशा राई रानाको संवाद, निमेष श्रेष्ठको सम्पादन छ । फिल्ममा रोहित शाक्य, स्वप्निल शर्मा, कालिप्रसाद बाँस्कोटाको संगीत, द वाइल्र्ड रिपर्ज क्रुको कोरियोग्राफी छ । आईकोर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको लगानी छ ।










