सङ्गीत। युवापुस्ता माझ परिचित भारतीय गायक तथा कवि ओशो जैनले आफ्नो सांगितिक समूह सहित प्रिभे नेपाल, सोल्टी काठमाण्डौमा यहि मार्च १० (फागुण २७) मा आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन्। ‘तु ऐसा कैसे है’, ‘खूश तो है ना’, ‘हमारा हो गया’ लगायतका चर्चित गीतमार्फत उनले उपस्थित माँझ आफूलाई प्रस्तुत गर्नेछन्।
प्रवेश शुल्क दुई हजार तोकिएको कायक्रममा नेपाली युवापुस्ता माँझ चर्चित गायिका सुरक्षा मल्लले समेत आफ्ना गीतहरु प्रस्तुत गर्नेछिन्।
कमेन्ट गर्नुहोस्








