शिवानीसँग कुल फरहान

फिल्म । पछिल्लो समय बलिउड अभिनेता , गायक तथा निर्देशक फरहान अख्तर फिल्म ‘डन ३’ को कारण चर्चामा छन् । उनको निर्देशनमा केहि समयको अन्तरालपछी फिल्म आउदैछ । उनले शाहरुख खानलाई लिएर फिल्म निर्देशन गर्दैछन् । फिल्ममा समेटिने कन्टेनको कारण चर्चामा आउने फरहान नयाँ कथा मार्फत शाहरुखलाई नै अगाडी बढाउने तयारीमा छन् । साथै , उनि प्रेमी शिवानी डांडेकरको कारण पनि चर्चामा छन् । बलिउडकी प्लेब्याक सिङ्गर शिवानीसँग रिलेशनमा रहेको फरहानले यसअगाडी नै स्वीकार गरिसकेका छन् ।

गत वर्ष पत्नी अनुधा अख्तरसँग सम्बन्ध बिच्छेद गरेपछी फरहानको नाम श्रद्धा कपूरसँग पनि जोडिएको थियो । यी दुई फिल्म ‘रक अन २’ बाट नजिकिएका थिए । तर त्यसको केहि समयपछी नै फरहानले शिवानीसँगको सम्बन्ध स्वीकार गरे । बि-टाउनको खबरलाई आधार मान्ने हो भने फरहानले शिवानीसँग छिटै लगन गाठो समेत कस्दैछन् । जसलाई उनको इन्स्टाग्राम एक्टिभिटीले पनि प्रस्ट्याई रहेको छ । हालै उनले स्विमिङ गर्दै गरेको तस्वीर शेयर गरेका छन् , जसले बि-टाउनमा राम्रै चर्चा पाइरहेको छ ।

कमेन्ट गर्नुहोस्