रहेनन् पदमप्रसाद पौडेल

फिल्म। कलाकार पदमप्रसाद पौडेलको ९२ वर्षको उमेरमा मंगलबार निधन भएको छ । उहाँको बुढानीलकण्ठ चपलीस्थित घरमा अपरान्ह साढे तीन बजे निधन भएको कलाकार सङ्घका उपाध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो। लामो समयदेखि दमको रोगबाट पीडित कलाकार पौडेल अभिनित चलचित्र ‘ऐना झ्यालको पुतली’ गत भदौ २४ मा र ‘नालापानी’मा कात्तिक ४ मा प्रदर्शन भएको थियो।

६८ बढी चलचित्रमा अभिनय गरिसक्नु भएका कलाकार पौडेल टेलिचलचित्र, म्युजिक भिडियो र विज्ञापनमा समेत देखिनुहुन्थ्यो । उहाँको पाँच छोरा, दुई छोरी र १४ जना नातिनातिनी छन्। श्रीमती देवकुमारी पौडेल गृहणी हुनुहुन्छ । संखुवासभाको चैनपुरमा बुबा प्रजापति पौडेल र आमा पवित्रा पौडेलको कोखबाट जन्मिनु भएका कलाकार पौडेलले शिक्षण पेशासमेत गर्नुभयो । वनारसबाट आईएसम्मको शिक्षा लिएर नेपाल फर्किएपछि शिक्षण पेशामा राहदा नै उहाँले राससको संखुवासभा प्रतिनिधि भएरसमेत काम गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्