फिल्म । भारतीय फिल्म निर्देशक, निर्माता तथा अभिनेता प्रकाश झा नेपाल आइपुगेका छन् । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)मा सहभागी हुन् उनी बुधवार दिउसो काठमाडौं आइपुगेका हुन् । महोत्सवमा प्रमुख वक्ताको रुपमा रहेका निर्देशक झा अभिनित ‘मट्टोकी साइकल’ विशेष प्रदर्शन हुँदैछ । नेपाल आइसकेपछि भएको संक्षीप्त भेटघाटमा उनले फिल्म समाजसँग जोडिएको जानकारी दिए । ‘यसको कथा सुन्दा नै मेरो आँखा रसाएका थिएँ । यसले हाम्रो समाजमा अदृश्य रहेका व्यक्तिको कथा भन्छ’, निर्देशक झाले भने ।
‘गंगाजल २’, ‘सान्ड कि आँख’, ‘परिक्षा’, ‘मट्टोकी साइकल’ लगायतमा उनले अभिनय गरेका छन् । ज्वलन्त सामाजिक विषयमाथि सशक्त फिल्म तयार गर्ने झा निर्देशित ‘गंगाजल’, ‘राजनीति’, ‘आरक्षण’, ‘चक्रब्युह’, ‘सत्याग्रह’, ‘आरक्षण’ प्राय चर्चाको विषय बन्ने गरेकाछन् । काठमाडौं महानगरपालिकाको सह–आयोजनमा किम्फको बीसौं संस्करण मङ्सिर २२ देखि २६ गतेसम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डको प्रेक्षालयमा हुँदैछ ।
सन् २००० देखि सुरु भएको किम्फ महोत्सवमा पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्म प्रदर्शन गरिन्छन् । यससंस्करणमा ३० मुलुकका ६० वटा भन्दा बढी फिल्म प्रदर्शन गरिनेछन् । कोभिड महामारीको कारण किम्फका अठारौं र उन्नाइसौं संस्करण भर्चुअल माध्यममार्फत भएको थियो । महोत्सवमा डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक फिल्म देखाइनेछन् । यसवर्ष किम्फको मूल नारा ‘दिगो आरोहण’ रहेको छ ।
