‘प्रविधिले कलाकारितालाई सहज बनाएकोछैन्’ : विपिन

फिल्म । अभिनेता विपिन कार्कीले आफ्ना चरित्र मार्फत चिनिन्छन । उनलाई वास्तविक रूप भन्दा पनि चरित्रमै ठम्याउन दर्शकलाई सहज हुन्छ । लूट, छड्के, पशुपति प्रसाद, नाका, हरी लगायतमा उनको चरित्र दर्शकको प्रिय बन्यो ।’जात्रा’ मा उनले फडिन्द्रको भूमिका निर्वाह गरे पश्चात मात्र दर्शक परिचित भए । रङ्गमञ्च हुँदै फिल्ममा भित्रिएका अभिनेता कार्की चरित्र बाच्ने अभिनेता हुन् । उनले क्यारेक्टर एडप्ट गर्न गरिरहेको मेहनतको अन्यले पनि प्रसंशा गर्ने गरेकाछन् ।’जात्रा’ सिरिजमा अभिनेत्री वर्षा राउतको श्रीमान्को भूमिका निर्वाह गर्नुभएका अभिनेता कार्कीले ‘के घर के डेरा’ मा पिता बन्ने प्रस्ताव स्वीकारे । ‘म च्यालेन्जिङ भूमिका गर्न रुचाउछु, त्यसैले सहजै स्वीकारे । मलाई पिता वा अन्य रोलमा कुनै आपत्ति छैन’, उनले भने । यद्दपि फिल्ममा भने उहाँ वर्षाको पिता बन्न पाएनन् । निर्देशक दीपेन्द्र के खनालले जोखिम लिन चाहेनन् । ‘दर्शकले विश्वास गर्दैनन् की ? मेकअप आर्टिस्टले राम्रो गर्न सकेनन् भने ? जस्ता प्रश्न उठेपछि मैले शंखेको भूमिका निर्वाह गरेको हुँ,’ अभिनेता कार्कीले भने । प्राविधिक कठिनाइले गर्दा आफूले चाहेको चरित्र अझैँ पर्दामा ल्याउन नसकेको उहाँको गुनासो छ । ‘मैले मात्र चाहेर हुदैन । मेकअप, छायांकन सबै पक्षले हुन्छ भने म कोसिश गर्न तयार छु’,उनले भने । चरित्रमा बाच्ने अभिनेता कार्कीलाई लिएर केही समयदेखी कलात्मक पाटो भन्दा व्यसायिक पाटोले आकर्षण गर्ने गरेको गुनासो फिल्मकर्मीहरूले गर्ने गरेकाछन् । उनले यसलाई पारिवारिक दायित्व भन्छन् । ‘फिल्म व्यसाय गर्न बनाउने हुँदा मैले डिमाण्ड गर्नु अनावश्यक होइन । मेरो भ्यालू हेरेर लगानी गर्न सकिन्छ’, उनले भने । अर्का अभिनेता दयाहाङ राई अभिनेता कार्कीको चरित्र निर्माण र त्यसमा बिताउने समय देखी प्रभावित छन् । ‘केही फिल्ममा सँगै काम गरेका छौँ । चरित्र प्रतिको गम्भीरता र निर्माणमा गर्ने मेहनतले म जस्तो कलाकारलाई उर्जा दिन्छ,’ अभिनेता राईले भने । अभिनेता राई र कार्कीले लूट सिरिज, जात्रै जात्रा र के घर के डेरामा सँगै काम गरेका छन् । दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्ममा वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, आशान्त शर्मा, लक्ष्मी गिरी, सरोज खनाल, भोला सापकोटा, कोशिस क्षेत्री आदि कलाकारको पनि अभिनय रहेको छ । फिल्मलाई महेश दवाडीले लेखेका हुन् भने फिल्मको कथा सिंगे लामाको हो । फिल्मको छायांकन दीर्घ गुरुङले गरेका हुन् ।
कमेन्ट गर्नुहोस्