जन्मदिनमा संगीतकार शर्माले गरे वृक्षारोपन

संगीत । यसपटक संगीतकार दीपक शर्माले आफ्नो जन्म दिन केही फरक शैलीले मनाएका छन् । पछिल्लो समय जन्मदिनमा केक नकाट्ने घोषणा गरेको उनले आफ्नो जन्मदिनमा मनाउँदा हुने फजुल खर्च वृक्षारोपनमा खर्चेका छन् । आफ्नो जन्मदिनको अबसर पारेर संगीतका दीपक शर्माले मँगलबार भक्तपुरको चाँगु नारायण नगरपालिका स्थित नागडोलको छालाङ स्थित ब्रम्हकुमारी ओम शान्ति प्रतिष्ठानको प्राँगनमा वृक्षारोपन गरे ।

वृक्षारोपन गरेर जन्मदिन मनाउनुको कारणबारे उनले भने,‘गीत संगीत सृजना गरेर कालान्तरसम्मका लागि मैले आफ्नो सृजना पस्कँदै आएको छु । यस्तै अन्य सामाजिक काम पनि गर्ने उदेश्यले वातावरण सँरक्षणको लागि यसपटकबाट वृक्षारोपन गरेको हुँ ।’ उनले त्यहाँ कपुर, ओखर, तेजपत्ता, पैयुँ, समी सहित विभिन्न प्रजातिको वृक्षारोपन गरेको बताए,‘औषधी जन्य वनस्पती, सुगन्धित वनस्पति र अन्य वनस्पतीको बिरुवा आज रोप्ने काम गरियो । यो विरुवालाई बेला-बेलामा गोडमेला गर्न पनि म त्यहाँ पुग्ने छु ।’ ति विरुवाहरु सँरक्षण गर्दै हुर्काउन एकजनालाई जिम्मा समेत दिएको पनि उनले बताए ।

कमेन्ट गर्नुहोस्