फिल्म । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘सम्हालिन्छ कहिले मन’ कथाबस्तु, मेकिङ, कलाकारको अभिनय र क्लाइमेक्स अत्याधिक मन परेको दर्शकले प्रतिक्रिया दिएका छन् । पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको अभिनय रहेको फिल्म अब आउँदो समयको व्यापारलाई ‘वर्ड अफ माउथ’ को साथ् चाहिएको छ ।
शुक्रबार बक्सअफिसमा औसत ओपनिङ गरेको फिल्मले शनिबार राम्रो व्यापार गरेको थियो । सुदर्शन थापाले निर्देशन गरेको फिल्मले त्रिकोणात्मक प्रेमकथा भन्छ । फिल्म पूजा, आकाश र सोनममै केन्द्रीत छ ।डेब्यु ब्वाई सोनामले फिल्म मार्फत राम्रो प्रतिक्रिया पाएका छन् । यस्तै पूजा र आकाशले पनि तारिफ बटुले ।
फिल्ममा गौरी मल्ल, सरोज खनाल र धिरेन शाक्यको पनि मुख्य भूमिका छ । बेलायतमा खिचिएको फिल्ममा सौरभ लामाको छायांकन , अर्जुन पोखरेल/ताराप्रकाश लिम्बु/जेम्स प्रधानको संगीत, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन छ । एबी इन्टरनेशनलको प्रस्तुति रहेको फिल्ममा अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी छ ।













