कबड्डी ४ : टिजरसँगै रिलिज डेट घोषणा

देश । नेपाली फिल्म हिट फ्रेन्चाईज ‘कबड्डी’ को चौथो शृंखलाको टिजर सार्वजनिक भएको छ । ‘कबड्डी ४ : द फाइनल म्याच’ भनिएको यस शृंखलामा कथा सकाइने निर्देशक रामबाबु गुरुङ्गले घोषणामै बाताएका थिए । टिजरसँगै यसको प्रदर्शन मिति २०७९ सालको वैशाख २३ लाइ घोषणा गरिएको छ । बाँसुरी फिल्मस्को प्रस्तुतिमा तयार भएको कबड्डी ४ मा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेको छ । फिल्ममा विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेलको लगानी छ ।

कमेन्ट गर्नुहोस्