प्रकाश र प्रमिलाको ‘ माया बिना चल्दो रैछ’

संगीत । गायक बाबुल गिरीको स्वरमा रहेको ‘माया बिना चल्दो रैछ जीन्दगी’को भिडियो सार्वजनिक भएको छ। रविन खड्काको शब्द संगीत रहेको गीतमा बाबुल गिरी र संगीता थापा मगरको स्वर रहेको छ। निः सन्तान जोडिको कथामा आधारित गीतको भिडियोमा प्रेम, वियोग र यादलाई कलात्मक शैलिमा प्रस्तुत गरिएको छ। गीतको भिडियोमा कलाकारहरु प्रकाश बस्नेत र प्रमिला खनालको बेजोड अभिनयले भिडियो थप स्तरीय बनेको छ। फरक फरक रुपमा देखिएका कालाकारहरुले गेटअपमा पनि राम्रै मिहेनत गरेको देखिन्छ।

गीतको भिडियोलाई सुबोल थापाले निर्देशन गरेका हुन् । ज्ञानेन्द्र शर्माको सिनेम्याटोग्राफी, नविन निरौलाको रंग संयोजन तथा सम्पादन रहेको गीतको भिडियोलाई भिडियो भकारी युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।

कमेन्ट गर्नुहोस्