फिल्म ।’प्रेम गीत’ मार्फत स्थापित भएकी पूजा शर्मा पछिल्लो समय डिमाण्ड रहेकी नायिकामा पर्छिन् । उनको लोकप्रियता बढ्दै गएपछि एक वर्गका निर्माता तथा निर्देशकले उनलाई फिल्म अफर गरिरहेका छन् । पछिल्लो समय उनलाई आकाश श्रेष्ठसँगको सम्बन्धका कारण चर्चामा ल्यायो । पूजाकै निर्माण रहेको फिल्म ‘राम कहानी’ मार्फत चिनजान अगाडी बढेको यो जोडीले त्यसपछि दर्शकको राम्रो माया पायो ।
दर्शकले रुचाएसंगै निर्माता तथा निर्देशकले पनि उनीहरुलाइ कास्टिङ गर्न थाले । त्यसपछि यी दुइको प्रेम चर्चा पनि चल्यो । किनकी पूजाको आकाशसँग जति घनिष्टता भने अरु अभिनेतासँग भएन । तर , केहि समय अगाडी यी दुइ अलग भएको खबरहरु आए । विभिन्न कोणबाट त्यसको विश्लेषण पनि भए । यसैबीच यी दुइ पछिल्लो समय अभिनय रहेको एक म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा पनि देखिएका छन् ।
त्यसअगाडी नै पूजाले आफ्नो जीवनमा कोही विशेष व्यक्ति आएको खुलासा गरेकी छन् । उनले अर्की अभिनेत्री प्रियंका कार्कीसँगको चिटच्याट गफमा यस्तो खुलासा गरेकी हुन् । एक फ्यानले सोधेको प्रश्नमा उनले आफुलाई सिंगल नभनिहालम भन्ने जवाफ दिईन् । ‘मेरो जीवनमा कोही आएको छ र उसलाई बुझ्दै छु । तर, त्यो व्यक्ति आकाश होइन’ पूजाले फ्यानको जिज्ञासा मेटाइन । साथै , आउँदो वर्षसम्ममा विवाह बन्धनमा बाँधिने तयारीमा रहेको समेत उनले बताइन् । उनले आफ्नो उदेश्य र योजनाहरु सफल भईरहेको संकेत गर्दै परिवार अगाडी बढाउने सोच आएको जनाईन । उक्त गफगाफमा पनि उनले आकाशसँग आफू कहिल्यै प्रेममा नभएको बताईन् ।











