टाइगरसंग नोरा र कृति

फिल्म । बलिउडका फिट अभिनेता टाइगर श्राफले छिटै गणपति फिल्मको छायांकन गर्दैछन् । उनले फिल्ममा आफ्नै डेब्यु को-स्टार कृति सेननसंग काम गर्दैछन् । फिल्मलाई दुइ भागमा ल्याउने भएका हुँदा यसको पहिलो भागमा टाइगर र कृतिसंगै नोरा फतेही पनि देखिनेछन् । बासु भगनानीको निर्माण तथा विकास बहलको निर्देशनमा तयार हुने फिल्म एक्सन ड्रामा हुने भनिएको छ ।

पछिल्लो समय बलिउडमा आइटम क्विनको उपाधि समेत पाएकी हटकेक नोरा यतिबेला प्राय निर्माता तथा निर्देशकको रोजाईमा पर्दै आइरहेकी छिन् । फिल्मसंग जोडिएको सदस्यले फिल्ममा नोरा केवल पहिलो भागमा हुने बताएका छन् ।

कमेन्ट गर्नुहोस्