फिल्म । अनमोल केसी र सुहाना थापा अभिनित फिल्म ‘ ए मेरो हजुर ४’ भाद्र १८ मा प्रदर्शन हुने भएको छ । तीजको अवसर पारेर फिल्मको प्रदर्शन गर्न लगिएको हो । फस्टलुक सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिती बारे जानकारी दिईएको हो । फस्टलुकमा अनमोल र सुहाना रोमान्टिक मुडमा देखिएका छन् । सुनिल कुमार थापा प्रोडक्शनको ब्यानरमा बनेको यो फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् ।
फिल्ममा झरना थापा र छेतेन गुरुङको कथा, मन्दिप गौतम, प्रतिक पौडेल र उपकार पाण्डे, झरना थापाा , छेतेन गुरुङको पटकथा तथा संवाद छ । बसन्त सापकोटा, आशिष अविरल, प्रतिक पौडेल, कल्याण सिंहको संगीत, संजय लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको एक्सन, मित्र डी गुरुङको सम्पादन छ ।
करिब १० प्रतिशत छायांकन अझै बाँकी छ । फागुणको २७ गतेबाट चलचित्रको बाँकी छायांकन सुरु गर्ने तयारी गरिएको छ ।