फिल्म । डेब्यु फिल्म ‘अर्जुन रेड्डी’ र त्यसको बलिउड रिमेक ‘कबिर सिंह’ काफी छ , निर्देशक सन्दीप रेड्डी वांगा’ लाई परिचित गराउन । उनले साउथमा विजयलाई स्थापित गराएनन् मात्र बलिउडमा शाहिद कपूरको ढल्दो करियरलाई ‘दह्रो पिल्लर’ बनेर उठाए । उनले पनि लभ स्टोरीलाई नै रोजेका थिए , केवल प्रस्तुति फरक थियो ।
यिनै सन्दीपले नयाँ फिल्म ‘एनिमल’ निर्देशन गर्ने भएका छन् । फिल्ममा लिड रोलमा रनबीर कपूर छन् । सन्दीपले केहि समय यता आफ्नो कथालाई रनबीरले न्याय गर्ने बताएका थिए । अन्ततः टिमअप भएको छ । फिल्ममा रनबीरसँगै अनिल कपूर , परिनीति चोपडा र बबी देओल पनि छन् । एक्सन थ्रिलर जनरमा बन्ने फिल्ममा बबीको भूमिका भिलेनको हुन् सक्ने अनुमान लगाईएको छ । (एजेन्सी)
कमेन्ट गर्नुहोस्












