संगीत । ‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’ जस्ता सफल गीत मार्फत नेपाली सांगीतिक क्षेत्रमा चिनिएका गायक आशिष सचिनले नयाँ वर्षको सेरोफेरोमा नयाँ गीत ‘ए मुना’ लिएर दर्शक माँझ आएका छन् । सार्वजनिक गीतमा आशिषसँगै प्रविशा अधिकारीको स्वर रहेको छ । सेन्टिमेनटल स्याड भर्जनमा तयार भएको यस गीतमा सन्तोष सुनारको शब्द तथा संगीतमा रहेको छ ।
गीतको भिडियोमा गायक आशिष र सम्पदा बाँनियाको अभिनय देख्न सकिन्छ । मनोज बस्नेतको कन्सेप्ट तथा निर्देशनमा बनेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियो सम्पादन तथा कलरिङ सुप्रिम पराजुलीले गरेका छन् ।
कमेन्ट गर्नुहोस्










