‘हल खुलेपछि वातावरण बन्छ’

फिल्म । पौष १० गतेबाट चलचित्र संघले हल खोलेको निर्णयलाई समर्थन गर्दै निर्देशक प्रदीप भट्टराईले विस्तारै माहोल बन्ने प्रतिक्रिया दिएका छन् । जात्रा , शत्रु गते र जात्रै जात्रा जस्ता सफल फिल्म निर्देशन गरेका प्रदीपले फिल्म हलमा आउन पाउदा खुसि लागेको समेत बताए । ‘धेरैपछी फिल्म हलमा आए , निकै खुसि छु’ उनले भने ।

कोरोना भाइरसको महामारी बढ्दै गर्दा काठमान्डौ छाडेर घर पुगेका भट्टराईले हल मिस गरेको समेत बताए । ‘ हल खुलेपछि वातावरण बन्ने हो । अहिले नै दर्शकको भीड लाग्छ भनेर हल खोलिएको पनि होइन । तर, विस्तारै यसले चलायमान बनाउँछ’ प्रदीपले भने । नयाँ फिल्मको स्क्रिप्टमा काम गरिरहेका भट्टराईले समय अनुकुल भएसँगै छायांकन गर्ने तयारी समेत गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्