‘हाम्रो निर्णय दर्शकको हातमा छ’

फिल्म । शुक्रबार देखि प्रदर्शनमा आएको फिल्म ‘रणवीर’ मार्फत दुई नयाँ अनुहार फिल्मनगरीमा प्रवेश गर्दैछन् । सन् २०१२ कि मिस इन्टरनेशनल सुवेक्षा खड्का र सुपुष्पा भट्ट । रणवीर फिल्म मार्फत एकसाथ पर्दामा उदाएका दुई सुन्दरीको भविष्य फिल्मनगरीमा कस्तो होला ? यो प्रश्न फिल्मलाई प्रिमियरमा हेरिएका अधिकाँसलाई सोधियो । उनीहरुले दुवै सम्भावना बोकेको अनुहार रहेको चित्रण गरे । तर सुवेक्षा र सुपुष्पा आफ्नो निरन्तरता बारे के भन्छन त ? सुवेक्षाले आफ्नो निरन्तरता दर्शकको हातमा रहेको बताइन । ‘हामीले सकेको मेहनत गरेका छौ बाँकी त दर्शकको हातमा छ’ सुवेक्षा भन्छिन् ‘डेब्यु फिल्मले हामीलाई धेरै कुरा सिकाएको छ , दर्शकको प्रतिक्रियापछी हामीलाई अगाडी बढ्न मदत पुग्छ ।’

सुवेक्षा जस्तै सोचाइ छ , सुपुष्पाको पनि । ‘हामीले आफ्नो कामलाई न्याय गर्न कुनै कसर बाँकि राखेनौ’ सुपुष्पा भन्छिन् ‘फर्स्ट फिडब्याक निकै राम्रो आएको छ , हाम्रो भूमिकासँगै फिल्मलाई नै रुचाउनु भएको छ ।’ उनि फिल्मले दर्शकको मन जित्नेमा विश्वस्त छिन । फिल्ममा रणवीरको भूमिकामा सुशील सिटौला प्रस्तुत भएका छन् । उनले फिल्मकै लागि १५ केजी तौल बढाएका थिए , जसलाई प्रिमियर शो मार्फत तारिफ मिल्यो । डेब्यु फिल्मलाई पहिलो पटक परिवारसँग हेरेका सुवेक्षा र सुपुष्पा प्राप्त प्रतिक्रिया मार्फत निकै हर्षित थिए । यसैगरि गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ऐश्वर्य’ मार्फत ह्याण्डसम भिलेनको ट्याग पाएका प्रशान्त ताम्राकारको कामको पनि तारिफ भएको छ । फिल्म हेरेर निस्किएकाले उनको कामको प्रसंसा गरे । आयोजित प्रिमियर शो मा कलाकारहरु सुनिल थापा , अनुप विक्रम शाही , आर्यन अधिकारी , निर्माता माधव वाग्ले , निर्माता सुदिप खड्का , लेखक प्रदीप भारद्वाज , वितरक प्रदीपकुमार उदय , ज्योतिष टर्न एक्टर हरिहर अधिकारी , गजित विष्ट , निर्देशक दिवाकर भट्टराई लगायतले फिल्मको मेकिङको तारिफ गर्दै दर्शकको लागि मनोरंजनकको फुल प्याकेज रहेको प्रतिक्रिया दिए ।

गोविन्द सिंह भण्डारीको निर्देशन तथा लेखन रहेको फिल्ममा टिका पहाडी , नरेश पौडेल , रवी गिरी , भोलाराज सापकोटा, हरिहर शर्मा , जीवन भट्टराई , भोलाराज सापकोटा , शैलेश्वरी सिंह , जगदीश रिजाल , बसन्ती भट्ट लगायतको पनि अभिनय रहेको छ । फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने , गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

कमेन्ट गर्नुहोस्