फिल्म । बलिउड अभिनेता शाहिद कपूरको करियर ‘कबिर सिंह’ ले पुनः उकालो लगाईदियो । त्यसपछि उनको क्रेज युवापुस्ता माँझ एकाएक बढ्यो । यिनै शाहिदको नयाँ फिल्मको प्रतिक्षामा रहेका दर्शकले ‘जर्सी’ हेर्न पाउनेछन् । यसको छायांकनमा उनि व्यस्त छन् । यसैबीच उनले छायांकन गर्ने सेड्युलमा रहेको ‘योद्धा’ लाई केहि पर सार्दै सिरिजलाई समय निकालेका छन् ।
राज एण्ड डीकेको सिरिजमा शाहिदले काम गर्दैछन् । जसलाई प्राइम अमेजनमा देखाइने छ । आउँदो जनवरीबाट यसको छायांकन हुने भएपछी उनले फिल्मको सेड्युल केहि पर सारेका छन् । ‘योद्धा’ लाई करण जोहरले निर्माण गर्नेछन् भने यसको निर्देशन शशांक खेतानले गर्दैछन् । यो साउथ इण्डियन हिरो सूर्याको फिल्मको रीमेक हुनेछ । (एजेन्सी)
कमेन्ट गर्नुहोस्










