प्रियंका भन्दैछिन् ‘घुमाईदेउ पोखरा’

0 Shares

संगीत । प्रियंका कार्कीले पोखरा घमाइदिन आग्रह गरेकी छिन् । यद्दपी उनको यो आग्रह भने रियल लाइफमा नभई रिल लाइफको हो । उनको हालै सार्वजनिक एक गीतको भिडियोमा यी-यस्तै रहर व्यक्त गरेकी छिन् । गीतमा प्रियंका फिचर्ड छिन् । गीतमा मिना निरौलाले स्वर दिएकी छिन् । गीतमा शब्द र संगीत रमण गायकको रहेको छ । गीत ‘तिम्रो मेरो प्रेम कहानी’ नामक फिल्ममा समावेश छ ।

ऐजुकेसन एण्ड माइग्रेसन कर्नरको प्रस्तुतिमा तयार फिल्ममा सुरज आरडी , सारिका केसी लगायतको अभिनय रहेको छ । सार्वजनिक गीतमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ भने यसलाई नेत्र गुरुङले निर्देशन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्