मुम्बई इन्डियन्स शिर्ष स्थानमा

विदेश । जारी इण्डियन प्रिमियर लिग (आइपिएल) किकेटमा मुम्बई इन्डियन्स शिर्ष स्थानमा उक्लिएको छ । आइतबार राति अबुधावीमा भएको खेलमा दिल्लीलाई पराजित गरेपछि मुम्बई ७ खेलबाट १० अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । खेलमा दिल्ली क्यापिटल्समाथि ५ विकेटको जित निकाल्न मुम्बई इन्डियन्स सफल भएको थियो ।

समान खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा झरेको दिल्लीले सिजनमा दोस्रो हार बेहोर्‍यो । पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६४ रन जोड्यो । १ सय ६३ रनको लक्ष्य मुम्बईले २ बल खेल्न बाँकी छदा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो । आइपिएलमा सोमबार रोयल च्यालेन्जर्स बेंग्लोर र कोलकता नाइटराइडर्सबीच खेल हुनेछ। (एजेन्सी)

कमेन्ट गर्नुहोस्