फेसबुकले थाल्यो फ्रि-वाइफाइ सेवा

देश । विश्वव्यापी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले नेपालमा ‘एक्सप्रेस-वाइफाइ’ सेवा सुरु भएको घोषणा गरेको छ । इन्टरेनट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकसँगको सहकाय गर्दै फेसबुकले नेपालका ७ हजार ५ सय स्थानमा निःशुल्क एक्सप्रेस वाइफाइ थालेको बताएको हो । एसियामा छनोट भएका भारत र नेपालमा फेसबुकले यसप्रकारको सेवा थालेको छ ।

यस्ता वाईफाइमा केवाईसी अनिवार्य भने छ । साथै सार्वजनिक वाइफाइ स्पटमा एकपटक कनेक्ट भएपछि अन्य स्थानमा वाइफाइमा स्वतः कनेक्ट हुने गरी सेवा विस्तार भएको छ । बिहीबार भएको पत्रकार सम्मेलनमा वर्ल्डलिंकले नेपालका सार्वजनिक स्थानमा यस्ता सेवा उपलब्ध हुने बताएको हो ।

फेसबुकले यस्तो वाइफाइ सेवाका लागि अन्य देशमा रहेका स्थानीय इन्टरनेट सेवा प्रदायकसँग सहकार्य गर्छ । यो सेवाका लागि वर्ल्डलिंकलाई फेसबुकले पूर्वाधारसहित आवश्यक उपकरण उपलब्ध गराउनेछ । अब निःशुल्क वाईफाईका लागि एक्सेस प्वाइन्ट, नेटवर्क र ब्यान्डविथ कम्पनीको भएपनि फेसबुकले सफ्टवेयर प्लेटर्फम उपलब्ध गराउनेछ ।

कमेन्ट गर्नुहोस्