थपिए १ हजार ४१ संक्रमित

देश । पछिल्लो २४ घण्टामा नेपालमा नेपालमा थप १ हजार ४१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १२ हजार ४ सय ७५ नमुना परीक्षण गर्दा ३ सय ४९ महिला र ६ सय ९२ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ८ जनामा कोरोना संक्रमण देखिएके छ । जसमध्ये काठमाडौँमा ३ सय २६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जना संक्रमित देखिएका मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्