फिल्म गर्ने तयारीमा स्वेता

फिल्म । अभिनेत्री स्वेता खड्कालाई दर्शकले छिटै पर्दामा देख्न पाउने भएका छन् । उनले नयाँ फिल्ममा काम गर्ने भएकी हुन् । निर्देशक यम थापाले निर्देशन रहने फिल्ममा स्वेताको अभिनय रहने उनले जनाएकी छिन् । ‘मलाइ कथा सुनाउनु भयो र त्यो मलाइ मन पर्यो साथै मैले उक्त भूमिका निर्वाह गर्न सक्छु भन्ने लग्यो’ स्वेताले भनिन् ।

यद्दपी यमले उनीसंग अर्कै फिल्मको सिलशिलामा कुराकानी गरेका थिए । त्यसमा सहकार्य सम्भव नभएपछी यो कथामा सहमति जुटेको हो । लेखकको रुपमा परिचित यमले हुर्रे , राज्जा रानी र मेरी मामु निर्देशन गरिसकेका छन् । स्वेताले यसघि ‘हेल्लो जिन्दगी’ नामक फिल्ममा काम गर्ने भनिएता पनि स्वास्थ्य समस्या आएपछि छाडेको जनाएकी थिइन् ।

कमेन्ट गर्नुहोस्