ध्रुबले ल्याए ‘शुन्य’

फिल्म । बेलायतमा वसोवास गरिरहेका कलाकार ध्रुब दत्तले ‘शून्य’ नामक छोटो फिल्म निर्माण गरेका छन । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) ले गर्दा विश्वनै महामारीको मारमा छ । सुरुवाती अवस्थामा लगभग समय पनि शुन्य झैँ थियो । किनकी सबै ठप्प थियो भने विश्वका ठुला देशहरु कोरोना भाइरसको महामारीमा फसिरहेका थिए ।

गतवर्षको डिसेम्बर अन्तिममा चीनको वुहानमा देखिएको कोरोना भाइरसले विश्वका लगभग आधा जनसंख्यालाई घरमा राखेको अवस्था विदितै छ । यहि समयमा घटेको घटना मध्ये एक घटनालाई ध्रुबले छोटो फिल्ममा समेटेका छन् । भिजन संसारको प्रस्तुतीमा डीडी ईन्टरटेन्टमेन्टले निर्माण रहेको फिल्ममा ध्रुब स्वयम् फिचर्ड छन् । दस मिनेट लम्बाई रहेको फिल्ममा गोपी सापकोटाको कथा,शन्त कुमार राईको छाँयाङ्कन र सनम कुमार बैरागको सम्पादन तथा निर्देशन रहेको छ । निर्माणमा ध्रुबलाइ कृष्ण बहादुर लाम्गादेले साथ दिएका छन ।

कमेन्ट गर्नुहोस्