देश । नेपालमा थप ४ सय ८४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घन्टामा ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको र ११ जनाको मृत्यु भएको जानकारी दिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ । नेपालमा मृत्यु हुनेको संख्या ९२ पुगेको छ । किस्ट अस्पतालमा दुई जनाको मृत्यु भएको छ भने ह्याम्स, मेडिसिटी, पाटन, बीपी कोरोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बुटवल कोरोना विशेष अस्पताल र कोशी कोभिड अस्पतालमा एक/एक जनाको मृत्यु भएको छ । यस्तै सप्तरीमा संक्रमण पुष्टिपछि अस्पताल लैजाँदै गर्दा, महोत्तरी र बारामा मृत्युपछि संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा मोरङका ४८, महोत्तरीका ४४, धनुषाका ३९, रौतहटका २४, ललितपुरका २१, सुर्खेतका १८, मकवानपुरका १६, सुनसरी, चितवन र, बाराका १५÷१५ जना, कास्कीका १३, झापा र सिराहाका १०÷१० जना, भक्तपुरका ९, रुपन्देहीका ८ सर्लाही र स्यााङ्जाका ६÷६ तथा सप्तरी, काभ्रे र दार्चुलाका ५/५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै दैलेखका ४, कञ्चनपुर, पर्सा, अर्घाखाँची र रुकुम पश्चिमका ३÷३ जना, गोरखा, नुवाकोट, तनहुँ, दोलखा, धादिङ र डोटीका २÷२ तथा इलाम, ताप्लेजुङ, वैतडी, दाङ, बाँके, ओखलढुंगा, रामेछाप, जाजरकोट, कपिलवस्तु, खोटाङ, पाल्पा, सल्यान र बैतडीका एकएक जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा ६४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या १६ हजार ७ सय २८ छ । यसैगरी प्रवक्ता गौतमले क्वारेन्टाइनमा १४ हजार ८ सय ४६, आइसोलेसनमा ७ हजार ६ सय १३ रहेको जनाए ।








