‘सडक २’ ट्रेलरमा ‘डिसलाइक बढी (भिडियो)

फिल्म । अन्तत फिल्म ‘सडक २’ को ट्रेलर सार्वजनिक भएको छ । अगस्ट ११ मा रिलिज हुने भनिएको ट्रेलर एक दिन ढिलो सार्वजनिक भएको हो । फिल्मलाई डिज्नी प्लस हटस्टार एपमा यहिँ अगस्ट २८ मा हेर्न पाइने छ । पहिलो पटक आलिया भट्टले यस फिल्ममा आफ्ना बाबु महेश भट्ट तथा दिदी पूरा भट्टसँग काम गरेकी छिन् ।

‘सडक २’ सन् १९९१ मा बनेको सुपरहिट फिल्मको सिक्वल हो । यसमा आलिया, पूजा तथा संजयसँगै आदित्य रोय कपुर लिद रोलमा छन् । फिल्मलाई सडककै कथा अनुसार अगाडी बढाईएको छ । फिल्ममा आलियाले मेकअपका नाममा हल्का फाउण्डेसन लगाउने बाहेक उनले प्राइमेस बेस प्रयोग गर्ने जनाएका छन्। उनले यसको प्रयोग पनि गाढा इफेक्टका लागि प्रयोग गर्न लागेकी हुन् यसका अलावा गालामा उनले अल्का गुलाबी ब्लश, आँखामा गाजल तथा ओठमा हल्का गुलाबी रंगको लिपिस्टिक लगाउने बताइएको छ।

यसकारण एक दिन ढिला ‘सडक २’ को ट्रेलर मंगलवार नै आउने चर्चा थियो । निर्माण पक्षले पनि मंगलवार ११ बजे ट्रेलर आउने जनाएको थियो । तर , रिलिज भएन । किनकी विहान देखि नै सोसल मिडियामा बाइकट सडकले ट्रेन्डनै गर्यो । मंगलवार फिल्मको ट्रेलर ३ बजे र ७ बजे पनि आउने भनियो । यद्दपी यो बुधवार मात्र रिलिज भयो । दिवंगत अभिनेता सुशान्त सिंह राजपुतका फ्यानले ‘सडक २’ को ट्रेलरलाई बहिष्कार गर्दै डिसलाईक गरिरहेका छन् । यो ट्रेलरले पाइरहेको डिसलाईक अहिलेसम्म कुनै भारतीय फिल्मले पाएको तुलनामा निकै बढी हो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्