‘माया’ सार्वजनिक (भिडियो)

फिल्म । आउदो चैत्र ८ मा रिलिज हुने फिल्म ‘कागजपत्र’ मा समावेश गीत ‘माया’ सार्वजानिक गरिएको छ । एकअर्काको मायालाई प्रस्ट्याईएको गीतमा हर्कुलस बस्नेतको शब्द , संगीत र स्वर रहेको छ । नाजिर हुसेन र शिल्पा मास्के प्रेम जीवन र भोलाराज सापकोटा र सरिता गिरीको बैबाहिक जीवनमा आउने उतारचढावलाई गीतमा देखाइएको छ । गीतको भिडियोलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् ।

इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको फिल्म वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको हो । फिल्म सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक तथा लेखक अपिल बिष्टले बताए । अपिलले यसअघि ‘झुम्की’ निर्देशन गरेका थिए ।

खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी निर्माता रहेको फिल्ममा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । फिल्ममा निमेष श्रेष्ठको सम्पादन रहेको छ । फिल्मलाई अस्ट्रेलियन सिनेमाटोग्राफर क्यस्मिर डिक्सनले खिचेका हुन् । लोकेन्द्र लेखक, जीवन भट्टराई, लक्ष्मी वर्देवा, अर्जेस रेग्मीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ । अभिनेत्री शिल्पाले आफ्नो डेब्यु फिल्म भएका कारण ‘कागजपत्र’ माथि ठूलो आशा र भरोसा रहेको बताइन् ।

कमेन्ट गर्नुहोस्