सिरियलमा निरिशा

फिल्म । भारतीय सिरियल ‘चन्द्र नन्दनी’ मा राजकुमारीको भूमिका निर्वाह गरिसकेकी निरिशा बस्नेत पुनः हिस्टोरिकल फिक्सन सिरियल ‘तेनाली रामा’मा देखिने छिन् । सिरियलमा केमियो भूमिका भएपनि शक्तिशाली रहेको निरिशाले बताएकी छिन् । सब टीभीबाट छिटै प्रशारण हुने सिरियललाई अभिमन्यू सिंहको प्रोडक्शनले निर्माण गरेको हो ।

कलाकार तथा निर्देशक विश्व बस्नेतकी छोरी निरिशा भारतमै रहेर आफ्नो करियरलाई अगाडी बढाई रहेकी छिन् । उनले नेपाली फिल्ममा ‘जानी नजानी’ मार्फत डेब्यु गरेकी थिइन् । तर , फिल्मले सफलताको सुचीमा पार्न सकेन । त्यसैले उनि पुनः भारतमै फर्किएकी छिन् । यसैबीच उनले एक साउथ इन्डियन फिल्म पनि गर्न लागेको खबर छ । यद्दपी यसको विस्तृत जानकारी आइसकेको छैन ।

कमेन्ट गर्नुहोस्