गीतापाठ

गसिप । सुहाना थापाका समकक्षी हिरोइन यतिबेला टिकटक र सामाजिक सञ्जालमा व्यस्त छन्। कोही भिडियो अन्तर्वार्ता लिइरहेका छन् त कोही टिकटकमा डेब्यू गरिरहेका छन्। तर, भर्खर एक फिल्म जेठी सुहानाले भने लकडाउनको समयलाई पनि धर्मकर्ममा खर्चिरहेकी छिन्।

सुहाना श्रीकृष्णलाई मान्ने इस्कन समुदायकी सक्रिय सदस्य हुन्। काठमाडौँ, बूढानीलकण्ठमा रहेको इस्कन मुख्यालयमा एकादशी आदि तिथिमा विभिन्न कार्यक्रम हुन्छन्। यस्ता हरेक अवसरमा सुहाना सहभागी हुने गरेकी छिन्। भर्खर मात्र पनि ठूली एकादशीको दिन उनी बारीमा काम गर्दै गरेको फोटो तथा भिडियो सार्वजनिक भएको थियो। यति मात्र होइन, अहिले लकडाउनको समयमा सुहानाले दिनकै दुईचार अध्याय गीता पाठ पनि गरिरहेको खबर छ।

यो उमेरमा अध्यात्ममा रमाउनु राम्रो कुरा हो। अझ मनोरञ्जनको दुनियाँमा काम गर्नेले ध्यान, योग र अध्यात्ममा समय खर्चेको राम्रो। नत्र त एउटा सफलताले नै भुइँ छाडेर उड्न थाल्छन्। हेर्नुछ, सुहाना गीता पाठ मात्रै गर्छिन् कि गीताका मर्म पनि ग्रहण गर्छिन् ? (सम्पूर्ण साप्ताहिकबाट साभार)

कमेन्ट गर्नुहोस्