‘तौल बढाएर फिल्म गर्दिन ‘ अक्षय कुमार

फिल्म । बलिउडमा अभिनेता अक्षय कुमारलाई फिट एक्टरको रुपमा हेर्ने गरिन्छ । आफ्नो स्वास्थ्यको निकै ख्याल गर्ने अक्षयले आफ्नो दैनिकमा निरन्तरता दिने गर्छन् । विहान सुर्योदय अगाडी उठ्नु र बेलुकी १० नबज्दै सुत्नु उनको दैनिकी हो । पछिल्लो समय अक्षयले वर्षमा अन्य कलाकारको तुलनामा धेरै फिल्म गर्न थालेका छन् । प्राय सोसल ड्रामामा देखिदै आएका अक्षयले गरेका फिल्मलाई पनि दर्शकले रुचाउदै आइरहेका छन् ।

पछिल्लो समय सूर्यवंशीमा व्यस्त अक्षयले आफुले कुनै क्यारेक्टरका लागि धेरै समय नदिने बताए । ‘म अन्य कलाकार जस्तो तौल बढाएर काम गर्न सक्दिन । तौल बढाउदा घट्नु पनि पर्छ , र त्यसमा समय धेरै जान्छ । बरु , त्यो समयमा म तिन फिल्म सकाउछु’ अक्षयले भने । उनले आफु सुहाउँदो भूमिका आए धेरै मेहनत गर्न नपर्ने पनि बताए । साथै , उनले ५० दिन भन्दा बढी छायाँकन गर्ने फिल्म पनि गर्दैनन् । ‘म आशुतोष गवारिकर र संजयलीला भन्सालीसँग काम गर्न इच्छुक छु तर हेरौ उहाहरुले ५० दिनमा फिल्म सकाउन सक्नु हुन्छ कि ?’ अक्षयले भने । (एजेन्सी)

कमेन्ट गर्नुहोस्