फिल्म । विवेक घिमिरे निर्देशित फिल्म ‘चिनी कम रंग कडा’ को गीत सार्वजानिक भएको छ । सार्वजनिक ‘सुगन्धि चक्षुले’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । मानव सुवेदी र सुशील सुवेदीको शब्द रचना रहेको गीतमा मानवकै संगीत तथा स्वर रहेको छ ।
मानव सुवेदी, सुशील सिटौला, अनु थापा, सुर्य थापा, रबिन जंग थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा याकोपो राचलिक र लुक मौसेरीको छायांकन, मानव सुवेदीको पार्श्व संगीत र कृष्ण भण्डारीको सम्पादन रहेको छ । गणेशदेव पाण्डेको निर्माण तथा लेखन रहेको फिल्मलाई ओटिटि प्लेटफर्म मार्फत रिलिज गर्ने तयारी गरिएको छ ।
कमेन्ट गर्नुहोस्










