देश । नेपालमा थप ४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । स्याङ्जामा थप ३ जना र पूर्वी नवलपरासीमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्याङ्जामा वालिङका २६ र २२ वर्षीय पुरुष र ३९ वर्षकी महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीहरु केहि दिन अगाडी भारतबाट नेपाल आएका थिए भने क्वारेन्टाइनमै छन् । यससँगै स्याङजामा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।
पूर्वी नवलपरासीमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नवलपुरमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । देवचुली नगरपालिका–१ घर भएका १९ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित गत जेठ १० गते भारतको हरिद्धारबाट आएका हुन् भने उनाई नगरपालिकाले जनज्योति नमुना माविको क्वारेन्टाइनमा रहेका थिए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९ सय ५ पुगेको छ ।







