जुनियर एनटिआरको वास्तविक नाम के हो ?

फिल्म । पछिल्लो समय साउथ इण्डियन हिरोहरुको फ्यान बढने क्रम तिब्र छ । किनकी पछिल्लो समय साउथका फिल्महरुमा दर्शकले मनोरंजन भरपुर पाउन थालेका छन् । यसैले गर्दा पनि हुन् सक्छ , साउथका हिरोहरुको परिचय बढ्दो छ । हरेक किसिमका दर्शकलाई फिल्म बनाउन सक्ने भएकोले पनि साउथ लोकप्रियता बढ्दो छ ।

बाहुबली , आई , २.० जस्ता फिल्मले साउथ इण्डियन फिल्मलाई विश्वमै पुर्याउन सफल भएको छ । पछिल्लो समय साउथको स्टारहरुको कुरा गर्ने हो भने एक हुन् , जुनियर एनटिआर । उनि पछिल्लो समय एसएस राजामौलीको फिल्म ‘आरआरआर’ मा काम गरिरहेका छन् । यिनै एनटिआरको रियल नाम नंदमुनी तारक रामवाव जुनियर हो । यिनको वास्तविक नाम धेरैलाई थाहा नहुन सक्छ । यिनले सन् १९९६ मा रिलिज भएको फिल्म रामायण मार्फत अभिनयमा डेब्यु गरेका थिए । (एजेन्सी)

कमेन्ट गर्नुहोस्