विदेश । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन अस्पताल भर्ना भएका छन् । १० दिनअघि कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ देखिएका उनी स्वास्थ्यमा समस्या देखिएपछि लण्डन अस्पतालमा भर्ना भएका हुन् । आइतबार साँझ उनको स्वास्थ्यमा समस्या आएपछी डाक्टरको सल्लाहअनुसार उनी अस्पताल भर्ना भएका बीबीसीमा उल्लेख छ ।
जोनसोनलाई एक रात अस्पतालमै राख्न सक्ने सम्भावना रहेको बीबीसीले जनाएको छ । जोनसन अस्पताल भर्ना भएपछी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि जोनसोनको स्वास्थ्य समस्याप्रति चिन्ता जाहेर गरेका छन् । बेलायतमा बितेको २४ घण्टामा ६ सय २१ जनाको मृत्यु भएको छ । यहाँ मृत्यु हुनेको संख्या ४ हजार ९ सय ३४ पुगेको छ । संक्रमितको संख्या ४८ हजार भन्दा बढी पुगेको छ । (एजेन्सी)
कमेन्ट गर्नुहोस्








