मुर्तिया महोत्सवमा सुगम , राधिका र जोगिन्दर

देश । सर्लाहीको मुर्तियामा अघिल्लो वर्षबाट सुरु भएको महोत्सवले यसवर्ष पनि निरन्तरता पाउने भएको छ । महोत्सवमा २६ गते शनिवार राष्ट्रिय ख्याती प्राप्त कलाकारले प्रस्तुति दिने भएका छन् । अघिल्लो वर्षबाट सुरु गरिएको महोत्सवमा यसवर्ष गायक सुगम पोखरेल , डिजराज पौडेल , गायिका राधिका हमाल , हास्यकलाकार शिव शंकर रिजाल र सुरेन्द्र केसी ‘मुलाको साग’ र मोडल तथा डान्सर पुजा जोशीले आफ्नो प्रस्तुति दिनेछन । कलाकार संयोजक रघु कार्कीले कार्यक्रममा स्थानीय डिमाण्ड अनुसारको कलाकारलाई लैजान लागिएको बताए । उनले कमेडी , आधुनिक संगीत र लोकसंगीतका चर्चितकै आधारमा कलाकारहरु छानिएको बताए ।

आफुलाई सर्लाही पुग्दा छुटै रमाइलो लाग्ने सुगम बताउछन् । ‘म धेरै पटक सर्लाही गरेको छु , त्यहाँ पुग्दा छुटै रमाइलो लाग्छ’ सुगम भन्छन् ‘सर्लाहीका दर्शकले दिने माया र सम्मानले त्यहाँ जान कर नै लाग्छ ।’ उनले आफ्ना हिट नम्बर मार्फत स्थानीयलाई नचाउने बताए । यसैगरि कार्यक्रममा निखिल उप्रेती पनि जान इच्छुक रहेको बताएका छन् । स्थानीय नै रहेका निखिलले आफु पनि कार्यक्रममा पुग्न सक्ने बताए । ‘मेरो नेक्स्ट फिल्मको कथाको काम भईरहेको छ’ निखिल भन्छन् ‘भ्याएसम्म म पुग्छु , मलाइ आफ्नो गाउ ठाउ निकै रमाइलो लाग्छ ।’

कमेन्ट गर्नुहोस्