क्रेगको सम्पति सन्तानले नपाउने

फिल्म । जेस्म बोन्डको उपनाम पाएका ब्रिटिस अभिनेता ड्यानियल क्रेगले आफ्नो सम्पतिलाई लिएर घोषणा गरेका छन् । उनको घोषणाले ध्यान उनीमा पनि तानिएको छ । जेम्स बोन्ड फिल्मको पछिल्लो पाँच श्रृखंलामा शिर्ष भूमिकामा देखिएका उनले मरोणोप्रान्त आफ्नो सम्पति सन्तानका नछोडी दान गर्ने बताएका छन् ।

उनले आफ्नो मृत्युपछी उक्त सम्पति सम्पति सामाजिक कार्यमा प्रयोग होस् भन्ने हेतुले दान गर्ने बताएका छन् । ‘म आगामी पुस्तालाई ठूलो सम्पति छोड्न चाहन्न। मलाई लाग्छ उत्तराधिकार छाड्नु दुखद् कुरा हो’, उनले भने। ५२ वर्षिय अभिनेताको पहिलो पत्नी फियोना लउडनबाट एक २८ वर्षिय छोरी छिन् भने हालकी पत्नी तथा अभिनेत्री रेचल वाइजबाट पनि एक छोरी गरी दुई सन्तान छन् । क्रेगसँग कुल १ सय ४५ मिलियन अमेरिकी डलर बराबरको सम्पती रहेको छ। (एजेन्सी)

कमेन्ट गर्नुहोस्